images
images

ओखलढुंगामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • १२ फाल्गुन २०८०, शनिबार १७:५९

ओखलढुंगा । ओखलढुंगामा श्रीमानको कुटपिटबाट गम्भीर घाईते भएकी श्रीमतीको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका–५ की ४० वर्षीया ङिमकिमु शेर्पाको श्रीमान काजी शेर्पाको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटबाट ङिमकिमु गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको सामुदायिक मिसन अस्पतलामा उपचारको क्रममा मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटको कारण भने खुल्न सकेको छैन । प्रहरीले काजीलाई भने पक्राउ गरेको छ ।