images
images

सोलुखुम्बुको नेचा सल्यानमा एक महिला मृत फेला

  • १० चैत्र २०७८, बिहीबार ०९:१९

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा एक महिला मृत फेला परेकी छिन ।

नेचा सल्यान गाउँपालिका २ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी हुन् । बेलुकी खाना खाएर आफ्नै घरमा सुतेकी लिलामाया हिजो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । मृतकको शरीरमा चोट देखिएकाले ३५ वर्षीय गुणराजलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।