images
images

निर्वाचनका लागि आवश्यक पर्ने एकिकृत सुरक्षा नीति पारित

  • १० चैत्र २०७८, बिहीबार १२:०१

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा नीति’ पारित गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा नीति’ पारित गरेको हो । निर्वाचनका लागि आवश्यक पर्ने एकिकृत सुरक्षा नीति पारित गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए । सुरक्षा समितिको बैठकमा चिनियाँ विदेशमन्त्री यीको शुक्रवारबाट हुन लागेको तीनदिने नेपाल भ्रमणको सुरक्षा व्यवस्थापनबारे पनि छलफल भएको थियो ।