images
images

रामेछापमा माछा मार्न प्रयोग गरिने बम विष्फोटः एक गम्भीर घाइते, तीन पक्राउ

  • १० चैत्र २०७८, बिहीबार १४:२७

जिरी (दोलखा) । रामेछापको लिखु नदीमा माछा मार्न प्रयोग गरेको बम विष्फोट हुँदा एक पुरुष गम्भीर घाइते भएका छन् ।

बम विष्फोट हुँदा जिल्लाको रामेछाप नगरपालिका ४ धारापानीका ३५ वर्षीय टेकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् । आज बिहान करिब साढे ८ बजे रामेछापको नगरपालिका वडा नम्बर ६ बसेरीको जलजलेस्थित लिखु नदीमा माछा मार्न बनाएको घरेलु बम विस्फोट् हुदाँ श्रेष्ठ गम्भार घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शंकर श्रेष्ठले जानकारी दिनुभयो । घाइते उनलाई साँगुटार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो । सो घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका ५ का ३० वर्षीय वुद्ध लामा र कमलामाई ४ का ५३ वर्षीय सोमबहाुदर विक र सिन्धुलीको भद्रकाली घर भएका २९ वर्षीय निल लामालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।