images
images

बागमती प्रदेश सरकारबाट नेकपा एमाले आउट

  • १० चैत्र २०७९, शुक्रबार १४:०८

हेटौडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने घोषणा गर्नुभएको हो। केन्द्रीय सत्ता समीकरणमा माओवादी केन्द्रले एमालेलाई धोका दिएर समीकरण फेरेको आरोप लगाउँदै थपलियाले सरकारबाट बाहिरिनु परेको उल्लेख गर्नुभयो। केन्द्रमा एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छि विकास मन्त्री थिए।