images
images

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाः एक युवकको मृत्यु, दुई जना गम्भिर घाईते

  • १० चैत्र २०७९, शुक्रबार १६:४६

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना परी एक युवककोे मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का २१ वर्षिय प्रनिष चौलागाईँको मृत्यु भएको हो । मकवानपुरबाट सिन्धुलीतर्फ आउँदै गरेको ३८६७ नम्बरको मोटरसाइकल र सिन्धुलीबाट महेन्द्रझाडीतर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३४४६ नम्बरको मोटरसाइकल सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ भलखाडा स्थित मदनभण्डारी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका चौलागाईँको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी प्रदेश २–०३–०१३ प ३४४६ नम्बरको मोटरसाइकल सर्लाहीको बरथहवा नगरपालिका ३ का २२ वर्षिय रोहण कुमार राई र मोटरसाइकलको पछाडि सवार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ बोटेनीका २१ वर्षिय अनिल राई गम्भिर घाईते भएका छन् । गम्भिर घाईते भएका रोहण कुमार राईको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ भने अनिलको महेन्द्रझाडी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।