images
images

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

  • १० चैत्र २०७९, शुक्रबार १६:५५

काठमाडौं । नेपाल प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षकमा (एआईजी) बसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले कुँवरलाई महानिरिक्षकमा बढुवा गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य प्रतिस्पर्धामा थिए । तर सरकारले वरियता क्रममा एक नम्बरमा रहेका कुँवरलाई महानिरिक्षकमा बढुवा गरेको हो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।