images
images

दोलखाको जनसंख्या १० वर्षमा १३ हजारले घट्यो

  • १० चैत्र २०७९, शुक्रबार १९:४६

दोलखा । दोलखाको जनसंख्या १० वर्षमा १३ हजारले घटेको छ ।

राष्ट्रिय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा अनुसार दोलखाको जनसंख्या १० वर्षमा १३ हजार ७ सय ९० ले घटेको देखाएको हो । २०६८ सालको जनगणना अनुसार दोलखाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ रहेको थियो । तथ्यांक विभागले आज सार्वजनिक गरेको विवरण अनुसार दोलखाको जनसंख्या १ लाख ७२ हजार ७ सय ६७ छ । यसलाई हेर्दा दोलखामा १० वर्षमा १३ हजार ७ सय ९० ले घटेको देखिएको हो । तथ्यांक अनुसार दोलखाको जनसंख्या शुन्य दशमलव ७४ प्रतिशतले ऋणात्मक रहेको छ ।

रामेछापको जनसंख्या ३२ हजार घट्यो

यस्तै रामेछापको जनसंख्या २ लाख २६ हजार ४६ बाट घटेर १ लाख ७० हजार ३ सय २ पुगेको छ । २०६८ सालको जनगणना अनुसार रामेछापको जनसंख्या ३२ हजार ३ सय ४४ ले घटेको हो । रामेछापको जनसंख्या १ दशलमव ६७ प्रतिशतले ऋणात्मक छ । यस्तै सिन्धुपाल्चोकको जनसंख्या २०६८ मा २ लाख ८७ हजार ७ सय ९८ थियो । तथ्यांक विभागले आज सार्वजनिक गरेको विवरणमा सिन्धुपाल्चोकको जनसंख्या २ लाख ६२ हजार ६ सय २४ रहेको छ ।