उदयपुर । उदयपुरमा होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका छन् ।
त्रियुगा नगरपालिका–१४ साउनेका तीनजना बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ७ वर्षीय रिदम मगर, ८ वर्षीय चोलकचन्द्र मगर, र ११ वर्षीया रेखा मगर रहेका छन् । होली खेलेर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता भएका बालबालिकासँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले सुनकोशीबाट उद्धार गरेका छन् । बेपत्ता भएका बालबालिकाहरुको खोजीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।










