
काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका दोलखाको मेलुङका युवक विरुद्ध जन्मकैदको माग गर्दै मुद्धा दायर भएको छ ।
हत्या आरोपमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–६ घर भएका २९ वर्षीय सहचालक विराट ठकुरीविरुद्ध कर्तव्य ज्यान कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर भएको हो । उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को ज्यान मार्न नहुने कसुरमा मुद्धा दर्ता भएको हो । सो दफामा कसुर गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था छ ।
शिवरात्रीको पूर्वसन्ध्यामा गाँजा खरिद विक्रिका क्रममा विवाद हुँदा ५० वर्षीय अड्वीर राईको हत्या भएको थियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका राईको हत्या आरोपमा प्रहरीले ठकुरीलाई पक्राउ गरेको थियो । ठकुरी बा ४ ख ५९९३ नम्वरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए ।