
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डले शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । आजै प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ताको समय तय भएपछि सो भेटअघि अध्यक्ष प्रचण्ड राष्ट्राध्यक्षलाई भेट्न शितलनिवास पुुग्नुभएको हो । उहाँहरुबीच करिव ४५ मिनेट कुराकानी भएको अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।
शीर्ष तीन नेताको बैठक सुरु
यसैबीच, प्रमुख तीन दलका शीर्ष नेताबीचको भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको हो ।
तीन दलका शीर्ष नेताबीच संक्रमणकालिन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी नियुक्ती तथा समसामयिक विषयमा छलफल हुने बताईएको छ ।