
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । अन्धकारलाई उज्यालो बनाएर लोडसेडिङ मुक्त गर्न सफल कुलमानलाई सरकारले भने मन नपराएको हो । उनी जनताको प्रिय पात्र हुन् । उनको कामलाई जनताले मन पराएपनि सरकारले हटाएको हो । सरकारले कुलमानलाई पदबाट हटाएपछि सामाजिक सञ्जालमा चौतर्फी चर्काे विरोध भैरहेको छ । सरकारले राष्ट्रको हितमा काम गर्ने व्यक्तिहरुलाई हटाएर राम्रो काम नगरेको भन्दै विरोध भैरहेको हो ।
यसैबीच, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। शाक्यलाई यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै कार्यकारी निर्देशक नियुक्त गरेको थियो।