images
images

ओखलढुंगाका दुई युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

  • ११ बैशाख २०७९, आईतवार ०८:२५

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटनामा परी ओखलढुंगाका दुई युवकको मृत्यु भएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कमल आले मगर र २१ वर्षिय गोपाल आले मगरको मृत्यु भएको हो । आज बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदाँ उनीहरु गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनीहरुको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा उनीहरु दुई जना मात्रै सवार थिए ।