images
images

नेकपा एमाले रामेछापले गोकुलगंगाको अध्यक्ष र उपाध्यक्षलाइनै पुनः उम्मेदवार बनाउने

  • ११ बैशाख २०७९, आईतवार १०:२७

रामेछाप । नेकपा एमाले रामेछापले आसन्न स्थानीय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई नै दोहो¥याउने भएको छ ।

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट गोकुलगंगा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पुनः दोहो¥याउने भएको हो । एमालेले रामेछापको आठ वटै स्थानीय तहको प्रमुख/उपप्रमुखको उम्मेदवारी टुंगो लगाएकोमा आगामी निर्वाचनमा गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठलाई पुनः उम्मेदवार बनाउने भएको छ । यसैगरी, जिल्लाको उमाकुण्ड गाउँपालिकामा पुनः शेर बहादुर सुनुवारलाईनै अध्यक्षको उम्मेदवार बनाइने भएको छ । गत निर्वाचनमा रामेछाप नगरपालिकाबाट टिकट पाएका रोशन पाख्रिन पनि यो पटक दोहारिएका छन् ।
अन्य स्थानीय तहमा भने एमालेले नयाँ अनुहारलाई टिकट दिएको छ ।

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट गोकुलगंगा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पुनः दोहो¥याउने भएको हो । एमालेले रामेछापको आठ वटै स्थानीय तहको प्रमुख/उपप्रमुखको उम्मेदवारी टुंगो लगाएकोमा आगामी निर्वाचनमा गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठलाई पुनः उम्मेदवार बनाउने भएको छ ।

एमाले रामेछापले हिजो सर्वसम्मत रुपमा उम्मेदवारी टुंगो लगाएको छ । एमालेले मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ र उपप्रमुखमा ईश्वरी वस्नेत, रामेछाप नगरपालिकाको उपप्रमुखमा सीता खत्री, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र उपाध्यक्षमा रिता गौतम, दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको छ । दोरम्बा गाउँपालिकाको उपाध्यक्षको भने अझै टुंगा लागिसकेको छैन ।

लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडरिया र उपाध्यक्षमा दीपा पाख्रिन तथा उमाकुण्ड गाउँपालिकाको उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाइएको छ ।