images
images

तामाकोशीमा गठबन्धनको जित सुनिश्चित छः अध्यक्षका उम्मेदवार केसी

  • ११ बैशाख २०७९, आईतवार १३:५४

दोलखा । सत्तारुढ गठबन्धनबाट तामाकोशी गाउँपालिकाको अध्यक्षका साझा उम्मेदवार प्रोण प्रताप केसीले तीन दशक लामो कम्युनिष्ट आन्दोलनमा रहेर जनतासँगै रहेका कारण स्थानीय तहको निर्वाचनमा आफुलाई जनताले जिताउने दावी गर्नुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै केसीले यस्तो दाबी गर्नुभएको हो । उहाँले तीन दशक लामो कम्युनिष्ट आन्दोलनमा रहेर राजनीतिक जिवनमा असल कार्यकर्ताको रुपमा परिचित रही जनताको चित्त दुखाउने तथा असहयोग गर्ने काम नगरेका कारण यो पटक आफुलाई जिताउने दावी गर्नुभएको हो । नेकपा एकीकृत समाजवादी दोलखाका पार्टी सचिव समेत रहेका केसीले लामो राजनीतिक जिवनमा जनता माझ असल कार्यकर्ता र इमान्दार कार्यकर्ताको रुपमा प्रस्तुत हुँदै आएको र सत्ता गठबन्धनमा आबद्ध तीनदल पनि एउटै ठाउँमा उभिने हुँदा जनताले यो पटक आफुलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनको जित सुनिश्चित गर्न तामाकोशी गाउँपालिकामा नेकपा एसको मत निर्णायक हुने केसीको भनाई छ ।

सत्तारुढ गठबन्धनबाट तामाकोशी गाउँपालिकाको अध्यक्षका साझा उम्मेदवार प्रोण प्रताप केसीले तीन दशक लामो कम्युनिष्ट आन्दोलनमा रहेर जनतासँगै रहेका कारण स्थानीय तहको निर्वाचनमा आफुलाई जनताले जिताउने दावी गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी दोलखाका पार्टी सचिव समेत रहेका केसीले लामो राजनीतिक जिवनमा जनता माझ असल कार्यकर्ता र इमान्दार कार्यकर्ताको रुपमा प्रस्तुत हुँदै आएको र सत्ता गठबन्धनमा आबद्ध तीनदल पनि एउटै ठाउँमा उभिने हुँदा जनताले यो पटक आफुलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनको जित सुनिश्चित गर्न तामाकोशी गाउँपालिकामा नेकपा एसको मत निर्णायक हुने केसीको भनाई छ ।

तामाकोशीको अध्यक्षका उम्मेदवार केसीले गठबन्धन मुलुकको अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्ने बताउनुभयो । गठबन्धनको मर्म चुनाव जित्नका लागि मात्रै नभई ५ वर्ष गाउँको विकासका लागि साझा दृष्टिकोण निर्माण गरी कार्यान्वयन गर्नका लागि भएको उहाँको भनाई छ । केसीले गठबन्धनमा भागबण्डाको क्रममा देखिएको समस्यालाई समाधान गरी व्यवस्थित गर्दै लैजाने बताउनुभयो । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एस जनताको सम्बन्धबाट टाढा नरहेको भन्दै उहाँले आफुहरु जनताकै साथमा रहेको भन्ने कुरा यो निर्वाचनले पुष्टि गर्नेे बताउनुभयो । उहाँले जनताले एमालेलाई पहिले हेर्ने र अहिले हेर्ने दृष्टिकोणमा फरक रहेको भन्दै एमालेभित्र पार्टी बिभाजनको ठुलो असर निर्वाचनमा देखापर्ने धारणा राख्नुभयो ।

केसीले साझा गठबन्धनको प्रतिवद्धता पत्रलाई कार्यान्वयन गराउन पालिकाका जनतालाई विकाससँग प्रत्यक्ष जोडेर सहि दिशातर्फ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्रोत साधनको अवस्थालाई मध्यनजर गरी सबै जनताको सहभागीतामा पालिकाको सकारात्मक विकास गर्न आफुसँग योजना रहेको उल्लेख गर्नुभयो । पालिकालाई समृद्ध बनाउन विकास निर्माणको कामलाई व्यवस्थित गर्ने, भौतिक पुर्वाधारको व्यवस्थापन गर्ने, गाउँपालिकाको केन्द्र समाधान गर्न भुमिका खेल्नुका साथै गुणस्तरीय शिक्षाको व्यवस्था, बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने, स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने, कृषिलाई आधुनिकीकरण गर्ने पशुपालनलाई व्यवस्थित गर्ने कार्ययोजना रहेको र आफु निर्वाचित भएमा सोहीअनुसार काम गर्ने उहाँले बताउनुभयो ।