images
images

रामेछापमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

  • ११ बैशाख २०७९, आईतवार १५:००

रामेछाप । रामेछापमा भरुवा बन्दुक सहित एक पुरुष पक्राउ परेका छन् ।

रामेछाप प्रहरीले जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १४ का श्याम तामाङलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।आफ्नै घरमा घरेलु हतियार (भरुवा बन्दुक) राखेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

पक्राउ परेका तामाङमाथि जिल्ला अदालत रामेछापबाट ५ दिन म्याद थरी हात हतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको रामेछाप प्रहरीले जनाएको छ ।