
जिरी (दोलखा) । नेकपा एमाले दोलखाले स्थानीय तह निर्वाचनका लागि आज जिल्लाभर मनोनयन दर्ता गरेको छ ।
एमाले दोलखाले दुई नगरपालिका र ७ गाउँपालिकामा गरी ९ वटै पालिकाबाट उम्मेदवार बनेकाहरुको उम्मेदवारी दर्ता गरेको हो । पार्टीले तयार गरेको नगर/गाउँपालिका प्रमुख/उपप्रमुखदेखि वडासम्मका उम्मेदवारले सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेदवारी गराएका हुन् । निर्वाचन आयोगले आज र भोली उम्मेदवार मनोनयनका लागि समय तोकेको छ ।
जसमा आज पहिलो दिन नेकपा एमाललेले जिल्लाभर उम्मेदवार मनोनयन दर्ता गरेको हो । जसअनुसार भीमेश्वर नगरपालिकामा एमालेबाट मेयरमा हरिबंश चौलागाई र उपमेयरमा कमला बस्नेत लगायत वडाका उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा गएर मनोनयन दर्ता गराएका छन् ।
पार्टीले तयार गरेको नगर/गाउँपालिका प्रमुख/उपप्रमुखदेखि वडासम्मका उम्मेदवारले सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेदवारी गराएका हुन् । निर्वाचन आयोगले आज र भोली उम्मेदवार मनोनयनका लागि समय तोकेको छ । जसमा आज पहिलो दिन नेकपा एमाललेले जिल्लाभर उम्मेदवार मनोनयन दर्ता गरेको हो ।
जिरी नगरपालिकामा नगर प्रमुखका लागि मित्र जिरेल र उपप्रमुखका लागि कृष्णमाया बुढाथोकी खड्का तथा ९ वटै वडाका वडाध्यक्ष लगायत वडाका उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालय वडा नम्बर ६ मा गएर मनोनयन दर्ता गराएका छन् । यसैगरी शैलुङ, मेलुङ लगायतका पालिकाहरुमा उम्मेदवारहरुको मनोनयन दर्ता भइसकेको र केही पालिकाहरुमा मनोनयन गर्ने क्रम जारी रहेको नेकपा एमाले दोलखाले जनाएको छ । एमालेले ¥याली र बाजागाजा सहित गएर उम्मेदवारी गरेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरुको भने मनोनयन बाँकी छ । जिल्लामा सत्ता गठबन्धनका उम्मेदवारहरुले भोली मात्रै मनोनयन दर्ता गराउने भएका छन् ।
हेर्नुहोस्, फोटोफिचर