images
images

दोलखामा सत्ता गठबन्धनले भोली मात्रै मनोनयन दर्ता गर्ने

  • ११ बैशाख २०७९, आईतवार १६:३०

दोलखा । दोलखामा सत्ता गठबन्धनका उम्मेदवारहरुले भोली मात्रै मनोनयन दर्ता गराउने भएका छन् ।

प्रदेश समितिले उम्मेदवारको टुंगो लगाएपनि जिल्लाका कतिपय स्थानमा अझै उम्मेदवारको विषयमा सहमति जुटाउने प्रयास जारी रहेकाले गठबन्धनका उम्मेदवारले भोली मात्रै मनोनयन दर्ता गराउने भएका हुन् । शिर्ष नेताहरु निरन्तर छलफलमै रहेकाले भोली मात्रै उम्मेदवारी दर्ता हुने गठबन्धनका नेताहरुले बताएका छन् । गठबन्धन दलहरुबीच पालिकाकै उम्मेदवारका विषयमा सहमति जुटिसकेको छैन भने वडा तहमा पनि गठबन्धनका साझा उम्मेदवार टुंगिएका छैनन् । वडा तहमा टिकटका विषयमा विवाद भएपछि गठबन्धन दलहरुले दोलखामा पनि आज उम्मेदवारी दर्ता गराउन नसकेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुल बहादुर बुढाथोकीले वडा तहमा उम्मेदवार टुंगो लगाउने विषयमा छलफल जारी रहेको बताउनुभयो । गठबन्धनमा आबद्ध सबै दलको साझा धारणाको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबैलाई मिलाएर लैजान केही कठिन भएपनि आज बेलुकीसम्म सबै वडामा सहमति कायम गरिने गरी गृहकार्य जारी रहेको संयोजक बुढाथोकीको भनाई छ ।