images
images

काभ्रेपलाञ्चोकमा गठबन्धनबीच मिल्यो भागवण्डा

  • ११ बैशाख २०७९, आईतवार १७:१३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पाँच दलबीचको गठबन्धन टुङ्गिएको छ ।

लामो प्रयासपछि कांग्रेसमा आज गठबन्धनबीच सहमति भएको हो । गठबन्धनमा भएको सहमतिअनुसार नेपाली काँग्रेसलाई ४ नगरपालिका र ३ गाउँपालिका भागमा परेको छ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका रहेको छ । तेमाल, रोशी र बेथान चोक गाउँपालिका पनि काङ्ग्रेसलाई परेको हो । नेकपा एकीकृत समाजवादीको भागमा धुलिखेल र मण्डनदेउपुर नगरपालिका परेको छ ।

नेकपा माओवादी केन्द्रलाई भने ४ गाउँपालिका परेको छ । जसमा चौरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका परेको काङ्ग्रेस काभ्रेका सचिब माधव ढकालले जानकारी दिनुभयो ।