images
images

धादिङमा कार र बस आपसमा ठोक्किँदा ५ जनाको मृत्यु

  • ११ बैशाख २०७९, आईतवार १९:४८

काठमाडौं । धादिङमा कार र बस आपसमा ठोक्किँदा ५ जनाको मृत्यु छ ।

पृथ्वी लोकमार्ग अन्र्तगत थाक्रे गाउँपालिका वडा नम्बर ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका बिमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवालको रहेका छन् । मृत्यु भएकाहरु चारजना एउटै गाउँका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी केही व्यक्तिहरु घाईते भएका छन् । ट्याक्सिलाई ओभरट्याक गरेको कार ओरालोमा तिव्र गतिमा आएको बससँग ठोक्किएर दुर्घटना भएको हो ।

नेपाल घुम्नका लागि आएका उनीहरु आज पोखराबाट काठमाडौं फर्किँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा परी मृत्यु भएका सबैजना कारमा सवार थिए ।