images
images

चितवन-२ मा रास्वपाका लामिछानेको अग्रता

  • ११ बैशाख २०८०, सोमबार १५:५९

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्रका पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

चितवन २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार लामिछानेले सुरुवाती अग्रता लिएका हुन् । हालसम्म २ हजार ४ सय ९२ मत गणना हुँदा लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । यस्तै, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६ सय ६५ मत ल्याएका छन् । उनले रविलाई पछ्याई रहेका छन् । नेपाली कांग्रेसका जीतनारायाण श्रेष्ठले ५ सय ८८ मत ल्याएका छन् ।

चितवनको इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको छ ।