images
images

महोतरीमा भीषण आगलागी हुँदा एक सय घर जलेर नष्ट

  • १२ बैशाख २०८१, बुधबार १६:३५

महोत्तरी । महोत्तरीमा भीषण आगलागी हुँदा एक सय घर जलेर नष्ट भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–६ मा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको हो । करिब एक घण्टा अगाडिदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले हावा तीव्र गतिमा चलिरहेकाले आगो नियन्त्रणमा आउन नसकेको बताउनुभयो । सोहीअनुसार आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ । आगो निभाउन स्थानीय र सुरक्षाकमीहरु खटिरहेका छन् ।