images
images

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

  • १० जेष्ठ २०७९, मंगलवार १३:३१

काठमाडौं । मन्त्रिपरिषद बैठकबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम पारित भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम आजको मन्त्रिपरिषद बैठकबाट पारित भएको हो । मन्त्रिपरिषदले पारित गरेको निति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा निति तथा कार्यक्रम पेश गर्नुुहुनेछ । जेठ १० गते आगामी वर्षको निति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते सरकारले बजेट ल्याउनेछ ।