
काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको मुल्य घटाउन सक्ने अवस्था नरहेको बताएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताउनुभएको हो । १५ विद्यार्थी संगठनले आज संयुक्त रुपमा बुझाएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेजीको माग सहितको ध्यानाकर्षपत्र बुझ्दै मन्त्री बढुले यस्तो बताउनुभएको हो ।
आयल निगम दैनिक ६ अर्ब ७१ करोड घाटामा रहेकाले पेट्रोलियम पदार्थको मुल्य घटाउन भन्न नसकिने मन्त्री बडुको तर्क छ ।विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएकाले त्यसका लागी सरकार लागि परेको उहाँको भनाई छ ।