
सरकारले आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासकालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारले बजेटमार्फत स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । यसैगरी शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा छ ।