images
images

सिन्धुलीमा गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव

  • १० जेष्ठ २०८०, बुधबार ०६:५६

सिन्धुली । सिन्धुलीमा उपचारको क्रममा गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामेकी २६ वर्षीया गंगा कुमारी श्रेष्ठको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै तनावपूर्ण बनेको हो । उनको मृत्यु भएपछि स्थानीयहरुले अस्पतालमा तोडफोड गर्नुको साथै सडक समेत बन्द गरेका छन् । हिजो अस्पतालमा उपचारका लागि गएकी श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ रिफर गर्ने क्रममा मृत्यु भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रमेश सिलवालले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको र भिड नियन्त्रणको प्रयास भइरहेको उहाँले बताउनुभयो ।