images
images

मुलुकभर आज मौसम बदली रहने

  • १० जेष्ठ २०८०, बुधबार ०८:३३

काठमाडौं । आज मुलुकको मौसम बदली रहने भई विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो । जल तथा मौसम हाल कोशी प्रदेश लगायत मुलुकको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो मुलुकको पहाडी भूभागहरुका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम भोलीसम्म यस्तै रहने सम्भावना छ ।
यस्तै, आज र भोली यो सिलसिला जारी रहने भएकाले आवश्यक सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको हो ।