images
images

बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन भौतिक मन्त्रालय फुटाउने बागमती प्रदेशको तयारी

  • १० जेष्ठ २०८०, बुधबार १३:३७

हेटौडा । बागमती प्रदेशका नवनियुक्त बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी भएको छ ।

बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सहरी विकास मन्त्रालय अलग्याएर पदीय जिम्मेवारी दिने तयारी गरेको हो । गत आइतबार बिनाविभागीय मन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका रामकृष्ण चित्रकारलाई सहरी विकास मन्त्रालय दिने तयारीस्वरुप भौतिक मन्त्रालय फुटाउने तयारी भइरहेको स्रोतले जनाएको छ । बागमतीमा सत्तारुढ दलहरुको भागबन्डा मिलाउन ११ मन्त्रालय रहेपनि एक जना बिनाविभागीय समेत १२ मन्त्री नियुक्त भएका छन् । चित्रकारलाई पदीय जिम्मेवारी दिन मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको हो ।

बागमती प्रदेशको १२ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट ६, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् ।