images
images

मृतक सडक डिभिजन कार्यालय दोलखाका चालकको आफन्तजन आन्दोलित

  • १० जेष्ठ २०८०, बुधबार १४:३७

दोलखा । तामाकोशी नदीमा मृत फेला परेका सडक डिभिजन कार्यालय दोलखाका सवारी चालकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय आन्दोलित बनेका छन् ।

सडक बिभागको ठेकेदारको आग्रहमा चालक नारायण थामी काम गर्न गएकोले उनको परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय दोलखाको प्राङगणमा धर्ना दिएका छन् । सम्बन्धित ठेकेदार सम्पर्कविहीन भएकाले तत्काल सम्पर्कमा आएर आफूहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले चालकले पाउने बिमा वापतको रकम मृतकका परिवारजनले पाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले थामी शंकास्पद रुपमा तामाकोसीमा मृत भेटिएको र पीडितले न्याय नपाएको भन्दै टायर बालेर जुलुस प्रर्दशन समेत गरेका थिए ।

भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका ३६ बर्षिय नारायण थामी जेठ ७ गते तामाकोशी नदीमा बेपत्ता भएका थिए । उनको शब जेठ ८ गते फेला परेको थियो । घटनाको निष्पक्ष छानविन हुनुपर्ने भन्दै परिवारजनले अझै शब बुझेका छैनन् ।