images
images

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर पोखरेलले गरे आत्महत्या

  • ११ जेष्ठ २०८१, शुक्रबार १६:०५

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् ।

उनी हिजो भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको भक्तपुर प्रहरीका एसपी अजय केसीले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए ।

विशेष अदालतले उनलाई ६ महिना कैदको सजाय सुनाएको थियो भने ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो । उनी गत वर्ष निलम्बनमा परेका थिए ।