images
images

दोलखामा यसरी मनाइँदैछ तीन दिन गणतन्त्र दिवस

  • ११ जेष्ठ २०८१, शुक्रबार १७:०९

जिरी (दोलखा) । दोलखामा विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ ।

गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार १७ औं गणतन्त्र दिवस यही जेठ १४, १५ र १६ गते भव्यताका साथ मनाउने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ । त्यसका लागि जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिले जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन विहान ७ः३० बजे भीमेश्वर नगरपालिकास्थित चरिकोट सातदोबाटोमा बाजागाजा र प्रभातफेरी सहितको र्याली निकालेर पशुपति डाँडाबाट पुनः सातदोबाटोमा पुगेर कोणसभामा परिणत गर्ने कार्यक्रम छ ।

सो र्यालीमा निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, सरकारी तथा निजी अस्पतालका कर्मचारीहरु, सदरमुकाममा रहेको विद्यालयका विद्यार्थीहरु, सहकारी संस्थाका कर्मचारी तथा सञ्चालक औपचारिक रुपमा पोषाक सहित उपस्थित हुनेछन् । सो कार्यक्रमको खर्च लगायतको व्यवस्थापन भीमेश्वर नगरपालिकाले गर्नेछ ।