images
images

दोलखाका नेता उप्रेती राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सहायक कोषाध्यक्षमा मनोनित

जिरी(दोलखा) । दोलखाका नेता सोवित उप्रेती राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सहायक कोषाध्यक्षमा मनोनित भएका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिले पार्टीको केन्द्रिय सहायक कोषाध्यक्षमा मनोनित गरेको हो । दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भएका उप्रेती लामो समयदेखि सो पार्टीमा सक्रिय छन् ।

यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य थिए । उप्रेती राजनीतिका अलवा व्यापार र सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।