दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आज बजेट सार्वजनिक गरेको हो । नगरवासीको एउटै इच्छाः जिवन उपयोगी र व्यवहारिक आत्मनिर्भर शिक्षा भन्ने नारालाई अघि सारेको नगरपालिकाले शिक्षातर्फ २५ करोड ५१ लाख १४ हजार बजेट विनियोजन गरेको हो । भीमेश्वर नगरपालिकाकी नगरउपप्रमुख कमला बस्नेतले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ९० करोड ७० लाख बजेट विनियोजन भएको घोषणा गर्नुभएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० का लागि २ करोड कम बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष नगरपालिकाले कुल ९२ करोड ९६ लाख २० हजार २ सय ३८ रुपैँयाको बजेट ल्याएको थियो ।
भीमेश्वर नगरपालिकाकी नगरप्रमुख कमला बस्नेतले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ९० करोड ७० लाख बजेट विनियोजन भएको घोषणा गर्नुभएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० का लागि २ करोड कम बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष नगरपालिकाले कुल ९२ करोड ९६ लाख २० हजार २ सय ३८ रुपैँयाको बजेट ल्याएको थियो । नगरपालिकाले कृषितर्फ २ करोड ८२ लाख ५० हजार विनियोजन भएको छ । पशुपालन क्षेत्रतर्फ १ करोड ३५ लाख, सिंचाईतर्फ ७० लाख ५० हजार बजेट विनियोजन भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक विकासमा ६ करोड ६८ लाख, सामाजिक विकासमा ३५ करोड १४ लाख २३ हजार, भौतिक पुर्वाधातर्फ ३४ करोड ३१ लाख २३ हजार, सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्रमा ३ करोड १ लाख ६२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ८४ लाख ६२ हजार बनेट विनियोजन गरेको छ । यस्तै कृषितर्फ व्यवसायिक कृषि, आधुनिक प्रविधि, कृषिमा लगानी नगरको समृद्धि भन्ने नारा तय गर्दै २ करोड ८२ लाख ५० हजार विनियोजन भएको छ । पशुपालन क्षेत्रतर्फ १ करोड ३५ लाख, सिंचाईतर्फ ७० लाख ५० हजार बजेट विनियोजन भएको छ ।
यस्तै पर्यटन क्षेत्रतर्फ नगरपालिकाले पर्यटक हाम्रा पाहुना, नगर समृद्धिको गहना भन्ने मुल नारा अघि सार्दै बजेट विनियोजन गरेको छ । पर्यटन क्षेत्रका लागि २ करोड ९२ लाख ७५ हजार बनेट विनियोजन भएको छ भने उद्योग वाणिज्य र रोजगारीतर्फ ३ करोड ६ लाख, सहकारी र वित्तिय संस्थातर्फ ३४ लाख तथा स्वास्थ्यतर्फ ५ करोड ७४ लाख ८३ हजार बजेट विनियोजन भएको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रममा नगरप्रमुख ईश्वरनारायण मानन्धर, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, वडाध्यक्षहरु र वडा सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।