images
images

मेलुङ गाउँपालिकाको बजेटः ५७ करोड ६६ लाख २४ हजार

  • १० असार २०७९, शुक्रबार १७:३१

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड बढी बजेट ल्याएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ५७ करोड ६६ लाख २४ हजार बजेट ल्याएको हो । मेलुङ गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट ४४ करोड ४३ लाख ६० हजार, प्रदेश सरकारबाट ९ करोड ७७ लाख ६० हजार, गाउँपालिकाको आन्तरिक स्रोत र गत आर्थिक वर्षको बचत आदिबाट ४ करोड १४ लाख ८८ हजार बजेट रहेको छ । मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको छ ।

मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पालिकाभित्रका सबै स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ भने ग वर्गका अपांगता भएका व्यक्तिहरुलाई न्युनतम निर्वाह सहयोग स्वरुप मासिक ८ सय रुपैँयाले उपलब्ध गराउने भएको छ । बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरा थोकर, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा लगायतको उपस्थिति थियो ।