
काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउनुहुने भएको छ ।
यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने उपविदेशमन्त्री वेइडोङ आज नेपाल आउनुहुने भएको हो । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबाट छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारहरु हुने भएका छन् । सो भ्रमण सम्पन्न गरी उपविदेशमन्त्री सुन असार १२ गते स्वदेश फर्कनुहुने भएको छ ।