
काठमाडौं । मुलुकभरका सबै स्थानीय तहले आज बजेट सार्वजनिक गर्ने भएका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन् । ७ सय ५३ पालिका मध्ये हिजोसम्म ३८ स्थानीय तहले भने बजेट सार्वजनिक गरिसकेका छन भने ७ सय १५ वटाले बजेट पेश गर्न बाँकी छ । जसअनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका ६, बागमती प्रदेशका ६, गण्डकी प्रदेशका १४, लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिमका ३ स्थानीय तहले बजेट पेश गरिसकेका छन् । असार १० गतेभित्र सबै स्थानीय तहदे नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान र समपूरक विशेष अनुदान छुट्याएको छ । तर स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउनमा समस्या देखिएको छ ।