images
images

दोलखाली गायिका उषा गजुरेलको ‘कानैमा माडुली दिउँला’ एल्वम सार्वजनिक

  • १० असार २०८१, सोमबार १५:१८

दोलखा । दोलखाली गायिका उषा गजुरेलको ‘कानैमा माडुली दिउँला’ नामक एल्वम सार्वजनिक भएको छ ।

दोलखाली गायिका गजुरेल र सुरज पण्डितको ‘कानैमा माडुली दिउँला’ नामक एल्वम सार्वजनिक भएको हो । रेलको बाटो, सिंहदरबार जस्ता कालजयी गीतका श्रष्टा सुरज पण्डितको शब्द संगीत र स्वर रहेको पश्चिमेली लोकभाका ‘कानैमा माडुली दिउँला’ गितमा दोलखाली गायिका गजुरेलले स्वर दिएकी हुन् । मौसम हिमालीको निर्देशन र संगित संयोजन रहेको सो गितमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । माया प्रेमको विषयलाई समेटेर तयार पारिएको कानैमा माडुली लोकगितमा ग्रामीण जीवनको कथालाई समेटिएको छ । कानमा लगाईने गहना माडुलीलाई गितमा प्रतीकको रुपमा प्रयोग गरिएको छ । सो गित सुरज पण्डित अफिसियल युटुव च्यानलमार्फत बजारमा आएको छ । सो गितमा चर्चित नायक नाजिर हुसेन र रुबिना थापाको अभिनय रहेको छ ।

संगितलाई साधना, त्याग, तपस्या र ध्यान मान्ने गजुरेलको यसअघि पनि धेरै गितहरु सार्वजानिक भईसकेका छन् । उनको यो सोझो पल्कियो, श्वास, मौसम, सोल्टिनी लगाएतका गितहरु सार्वजानिक भईसकेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका घर भएकी गजुरेल एक वर्ष अघि भएको नेपाली गायन रियालिटी सो ‘द भ्वाईस अफ नेपाल’ सिजन ४ को व्याटल राउण्डसम्म पुगेकी थिईन् ।