काठमाडौं । माओवादी केन्द्रको कारबाहीमा परेका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई सर्वाेच्च अदालतले पदमै रहेर काम गर्न आदेश दिएको छ ।
सर्वाेच्चले आज देवकोटालाई प्रदेशसभा सांसदको रुपमा काम गर्न अन्तरिम आदेश दिएको हो । न्यायधिश प्रकाशमान सिंह राउतको एकल ईजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको रकारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न पाउनेछन् ।
देवकोटाले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । पार्टीको कारबाही पछि उनी पदमुक्त भएका थिए ।