सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ ।
सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनामा मेलम्ची नदीको बहाव बढेर बाढी आएर पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको हो । माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न सोमबारदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ । गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन ।










