images
images

चरिकोट नजिकैको कालिज फार्ममा दिउँसै फेला पर्यो चितुवा

  • ८ श्रावण २०७९, आईतवार १३:२०

दोलखा । दोलखा सदरमुकाम चरिकोट नजिकैको महादेव खोलामा रहेको कालिज फार्ममा आज दिउँसो चितुवा फेला परेको छ ।

भीमेस्वर नगरपालिका–७ महादेवखोला स्थित दुधपोखरी वायल्ड लाईभ एग्रो विथ रिर्सोटको कम्पाण्डमा लेकाली निगाले चितुवा फेला परेको हो । दिउँसो करिव १ बजे फेला परेको चितुवालाई स्थानीयले कुटपिट गरी घाईते भएका छन् । कालिज फार्ममा फेला परेको चितुवालाई लखेट्न गएका स्थानीयलाई आक्रमणको प्रयास भएपछि स्थानीयले लाठि र ढुँगा प्रहार गर्दा चितुवा घाइते भएको छ । घाइते चितुवा अहिले पनि फार्म भित्रै रहेको स्थानीयले बताएका छन् ।

कालिज फार्म संचालक मिङ्गुर शेर्पाले फार्मभित्र चितुवा पसेर धेरै कालिज मारेको बताउनुभयो । उहाँका अनुसार चितुवा फेला पर्नासाथ डिभिजन वन कार्यालय दोलखालाई खवर गरिएपनि कार्यालयवाट खटिएको टोलीले चितुवालाई नियन्त्रणमा लिन सकेको छैन । डिभिजन कार्यालय दोलखाका प्रमुख थिरवहादुर कार्कीले कालिज फार्ममा परेको चितुवाको व्यवस्थापनमा लागिरहेको प्रतिक्रिया दिनुभएको छ ।