images
images

गाई अनुवांशिक श्रोत केन्द्रको आम्दानीमा वृद्धि, एक वर्षमा करिब एक करोड आम्दानी

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित गाई अनुवांशिक श्रोत केन्द्र जिरीले एक वर्षको अवधिमा करिब १ करोड आम्दानी गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा गाई आनुवाशिंक श्रोत केन्द्र जिरीले ९८ लाख १९ हजार ४ सय रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलानामा गत वर्ष आम्दानीमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गाई आनुवाशिंक श्रोत केन्द्र जिरीको १५ दशमलव १८ प्रतिशतले आम्दानीमा वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ८५ लाख २४ हजार ९ सय ५६ रुपैयाँ आम्दानी गरेको केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ मा १२ लाख ९४ हजार ४ सय ४४ रुपैंया बढी आम्दानी गरेको छ । केन्द्रले विशेषगरी गाईको दुध, मल, बंगुरको पाठापाठी, घाँसको विउ र गाई लिलामी लगायतबाट आम्दानी लिने गरेको छ । सबैभन्दा बढी गाईको दुधबाट ७८ लाख ३१ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको छ भने सबै भन्दा कम गाई तथा बंगुरको विमा वापत १ लाख २१ हजार ८ सय रुपैयाँ आम्दानी भएको छ ।

यसैगरी, गाई लिलामीबाट ८ लाख ४८ हजार, वंगुरको पाठीपाठी विक्रीबाट ४ लाख ९४ हजार ५ सय, गोवर मल विक्रीबाट १ लाख ८९ हजार २ सय र अन्य चिजविज विक्रीबाट ३ लाख ३३ हजार ९ सय ३५ रुपैयाँ गरी एक वर्षमा कुल ९८ लाख १९ हजार ४ सय आम्दानी भएको फार्म प्रबन्धक डा.गोपाल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार संकलन भएको मध्येबाट ९६ दशमलव १ प्रतिशत खर्च भएकोे छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा गाई आनुवाशिंक श्रोत केन्द्र जिरीले ९८ लाख १९ हजार ४ सय रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलानामा गत वर्ष आम्दानीमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गाई आनुवाशिंक श्रोत केन्द्र जिरीको १५ दशमलव १८ प्रतिशतले आम्दानीमा वृद्धि भएको छ ।केन्द्रले विशेषगरी गाईको दुध, मल, बंगुरको पाठापाठी, घाँसको विउ र गाई लिलामी लगायतबाट आम्दानी लिने गरेको छ । 

एक वर्षको अवधिमा ४६ वटा पशु लिलाम गरिएकोे छ । जसअनुसार दुधालु गाई २२ वटा, साँढे एउटा र वाच्छा २३ वटा लिलामी गरिएको हो । हाल फार्ममा दुहुना गाई ६३ वटा, कोरेली गाई १६ वटा, साँढे २० वटा, वाच्छा ११ वटा र वाच्छी १० वटा रहेका छन् भने राँगा एउटा रहेको छ । केन्द्रले गत आर्थिक वर्ष १ लाख ३६ हजार ३ सय ४० किलो लिटर दुध उत्पादन गरेको छ । दुध उत्पादन मासिक रुपमा हेर्दा पौष महिनामा ७ हजार ४ सय ३१ किलो दुध उत्पादन भएको थियो भने धेरै दुध असार महिनामा उत्पादन भएको छ । असार महिनामा मात्रै कुल १५ हजार ८ सय ८० किलो दुध उत्पादन भएको केन्द्रको तंथ्याकमा उल्लेख छ । दैनिक दुध उत्पादनमा न्युनतम माघ महिनामा २ सय ८१ दशमलव ९ किलो रहेको थियो भने अधिकतम जेठ महिनामा ५ सय १७ किलो दुध उत्पादन भएको छ ।

संघीय सरकार मातहत रहेको गाई आनुवांशिक श्रोत केन्द्र २०१४ सालमा पशु विकास फार्मको रुपमा स्थापना भएको थियो । त्यसपछि २०७५ सालदेखि गाई आनुवांशिक श्रोत केन्द्रको रुपमा सञ्चालनमा रहेको छ ।