काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ ग्रहण गरेसँगै मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।
आचार्यले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाउनुभएको हो । आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन् । बेलामा भागबन्डा नजुटेपछि उनीहरूको मन्त्रालय तोकिएको छैन । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ ।