जिरी(दोलखा) । दोलखाका युवा नेता कुन्दनराज काफ्ले बागमती प्रदेश सरकारको मन्त्री बनेका छन् ।
बागमती प्रदेशसभा सदस्यमा दोलखाबाट निर्वाचत सांसद काफ्लेले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनी प्रदेशसभामा रहेका कांग्रेस सांसद मध्ये लोकप्रिय र जुझारु युवा नेताका रुपमा उनी चिनिन्छन् । जम्कट्टेल नेतृत्वको सरकारको पछिल्लो पटक मन्त्रीमण्डल पुर्नगठनमा पनि काफ्लेको नाम मन्त्रीको चर्चामा थियो । तर, यो पटक उनलाई मन्त्री बनाइएको हो । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।