images
images

सौर्य जहाज दुर्घटना अपडेटः १८ जनाको शव फेला, पाइलटको जिवितै उद्धार

  • ९ श्रावण २०८१, बुधबार १२:३६

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव निकालिएको छ ।

दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको हो । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ । मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना जहाजमा १९ यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ ।

सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमानस्थलबाट उड्ने बित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरेका छन् ।