images
images

बागमती प्रदेशका विपन्न क्यान्सर पिडितलाई एक लाख दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको घोषणा

  • ९ श्रावण २०८१, बुधबार १६:३०

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

आज पदबहाली गर्दै स्वास्थ्य मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले १ लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार रुपैयाँ सहयोग गर्ने गरेको थियो । सो बापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड रुपैंया बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिने उहाँले बताउनुभयो ।

यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको मन्त्री थापाले बताउनुभयो । भक्तपुर क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री बन्नुभएको हो ।