images
images

दोलखा जिल्ला अदालतबाट एक वर्षमा ३ सय ९० वटा मुद्धा फैसला

  • ८ भाद्र २०७९, बुधबार १८:००

दोलखा । दोलखा जिल्ला अदालतबाट गत आर्थिक वर्ष ३ सय भन्दा बढी मुद्धा फैसला भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा अदालतबाट ३ सय ९० वटा मुद्धा फैसला भएको हो । अघिल्लो बर्ष जिम्मेवारी सरी आएका १ सय ९७ वटा र गत आर्थिक वर्ष नयाँ दर्ता भएको १ सय ९३ वटा मुद्धा गरी गत आर्थिक वर्ष ३ सय ९० वटा मुद्धा फैसला भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरी आएका २ सय ९९ र नयाँ दर्ता भएको ४ सय ५२ गरी गत वर्ष ७ सय ५१ मुद्धा रहेको थियो । जसमध्ये ३ सय ९० वटा मुद्धा फैसला भएको छ भने ३ सय ६१ वटा मुद्धा फैसला हुन बाँकी रहेको जिल्ला अदालत दोलखाका सुचना अधिकारी भीम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार देवानी प्रकृतिका २ सय ८१, साधारण फौजदारीको १ सय ९ वटा मुद्धा फैसला भएको छ ।

अदालतमा गत वर्ष सम्बन्ध विच्छेदका २ सय ३९ वटा मुद्धा दर्ता भएकोमा १ सय ७० वटा मुद्धा फैसला भएको छ । गत बर्ष कर्तव्य ज्यान सम्बन्धी ८, ज्यान मार्ने उद्योगको ३, जबरजस्ती करणीको ९, जबरजस्तीकरणी उद्योगको ४, बालयौन दुरुपयोगको २, गाली बैइज्जतीको एउटा मुद्धा फैसला भएको जिल्ला अदालत दोलखाले जनाएको छ । यस्तै गत बर्ष लिखत किर्ते सम्बन्धी १९ वटा, अंश मुद्धा सम्बन्धी ४२ वटा, अपराधिक अपद्रव सम्बन्धी ४ वटा मुद्धा फैसला भएको छ । अदालतले अघिल्लो आर्थिक वर्ष २ सय ९८ वटा मुद्धा मात्रै फैसला गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अदालतमा ५ सय ९७ वटा मुद्धा दर्ता भएकोमा २ सय ९८ वटा मात्रै फैसला भएको थियोे । अघिल्लो आर्थिक वर्ष कोरोना महामारीका कारण कार्यालय आधा वर्ष नै बन्द भएकाले मुद्धा फछयौटमा कमी आएपनि गत बर्ष भने मुद्धा फस्र्यौटमा बृद्धि भएको हो ।