images
images

बैकिङ कसुर मुद्धामा फरार ओखलढुंगाका पुरुष पक्राउ

  • ८ भाद्र २०७९, बुधबार १८:४०

काठमाडौं । बैकिङ कसुर मुद्धामा फरार रहेका ओखलढुंगाका एक पुरुष पक्राउ परेका छन् ।

ओखलढुंगाको सुनकोसी गाउँपालिका वडा नम्बर १ का ५२ वर्षिय शंकर प्रसाद लुईटेललाई प्रहरीले बैंकिङ कसुर मुद्धामा पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटन उनीमाथि २०७८ साल चैत २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका उनलाई थप कारवार्हीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।