images
images

दुम्सि सहित दुई पुरुष रामेछाप प्रहरीको नियन्त्रणमा

  • ८ भाद्र २०७९, बुधबार १८:४९

रामेछाप । सिन्धुलीका दुई पुरुष अवैध बन्यजन्तु दुम्सि सहित रामेछापबाट पक्राउ परेका छन् ।

प्रहरीले सिन्धुलीको सुनकोसि गाउँपालिका वडा नम्बर ५ का २० वर्षिय अनिल भनिने गिताजंग थापा र सोही स्थानका २३ वर्षिय नारायण कार्कीलाई पक्राउ गरेको हो । रामेछापको खाँडादेवि गाउँपालिका वडा नम्बर ३ सित्खा बजारमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले मृत दुम्सि ल्याएको फेला परेको थियो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवार्हीका लागि डिभिजन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जनाएको छ ।