दोलखा । लाखौँ रकम खर्च गरेर निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिकास्थित ‘भ्युटावर’ अलपत्र बनेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका–६ स्थित टागनागीमा रहेको भ्युटावर केही समय सञ्चालनमा आएपनि अहिले अलपत्र परेको हो । २०७४ सालको भदौदेखि सञ्चालनमा आएको भ्यु टावर करिव दुई वर्ष सञ्चालन भएर पुनः बन्द भएको छ । करिव दुई वर्ष राम्रैसँग सञ्चालन भएपनि कोरोना सुरु भएपछि मानिसहरुको चहल पहल घटेको र अहिले पुर्णरुपमा बन्द रहेको भीमेश्वर नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष नविन लामाले जानकारी दिनुभयो ।
भ्युटावर सञ्चालनमा आउन नसक्नुको मुख्य कारण सडक भएको भनाई छ । चालु वर्ष भने सडक निर्माणका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएकाले मर्मत गरि सञ्चालनमा ल्याईने वडा अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार भ्यु टावर सम्म जाने सडक निर्माणका लागि चालु वर्ष सहरी विकास मन्त्रालयबाट ६० लाख बजेट विनियोजन भएको छ । वडाको नेतृत्वमा भ्यु टावर आसपासमा सरसफाई गरिएको र बर्खा सकिने वित्तिकै संरचना मर्मत सम्हार गरि पुनः सञ्चालनमा ल्याईने वडाअध्यक्ष लामाले बताउनुभयो । भ्युटावर संरक्षणको अभावमा हाल गेट सहितका संरचनाहरु समेत तोडफोड गरि अलपत्र पारिएको छ ।
लाखौँ रकम खर्च गरेर निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिकास्थित ‘भ्यु टावर’ अलपत्र बनेको छ ।२०७४ सालको भदौदेखि सञ्चालनमा आएको भ्यु टावर करिव दुई वर्ष सञ्चालन भएर पुनः बन्द भएको छ । भ्युटावर सञ्चालनमा आउन नसक्नुको मुख्य कारण सडक भएको हो । करोड खर्च गरेर भ्यु टावर बनाईए पनि सञ्चालनमा नआउदा उक्त लगानी बालुवामा पानी जस्तो बन्न पुगेको छ ।
भ्युटावर सञ्चालन र संरक्षणका लागि कुनै व्यक्ति, कम्पनी तथा फर्म नआएको र जनताले चासो नै नदिएकाले समस्या भएको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताउनुभयो । यद्धपी, नगरपालिकाले चालु वर्ष बजेटको व्यवस्था गरेको र पुनः सञ्चालनमा आउने उहाँको भनाई छ । चालु वर्ष भ्यु टावर मर्मत सम्हारका लागि प्रदेशबाट २० लाख बजेट आएको नगरपालिकाका सव ईन्जिनियर भविन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भ्युटावरसम्म जाने सडक निर्माणका लागि संघीय सरकारबाट ६० लाख बजेट आएको छ ।
हालसम्म १ करोड भन्दा बढि खर्च भईसकेको भ्युटावरको मुख्य सँरचना निर्माण गर्न करिव ६ बर्ष लागेको थियो । २०६८ सालदेखि बनाउन सुरु गरिएको भ्यु टावर २०७४ साल भदौदेखि सञ्चालनमा आएको थियो । करिव दुई वर्ष सञ्चालनमा आएर पर्यटकको आकर्षणको केन्द्र बनेको भ्यु टावरको उचित व्यवस्थापन हुन नसक्दा अलपत्र परेको छ । करोड खर्च गरेर भ्यु टावर बनाईए पनि सञ्चालनमा नआउदा उक्त लगानी बालुवामा पानी जस्तो बन्न पुगेको छ ।