images
images

सांसद श्रेष्ठको प्रश्नः एमाले कांग्रेस सरकारमा हुँदा जिबि राईलाई किन गिरफ्तार नगरेको ?

  • ८ भाद्र २०८१, शनिबार १६:३२

हेटौँडा । बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले सरकार परिवर्तन हुँदा पनि जिवि राई पक्राउ पर्न नसक्नुको कारणबारे सरकारलाई प्रश्न गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार हुँदा जिवि राईलाई गिरफ्तार नगरेर सरकारले संरक्षण गरेको आरोप लागेको स्मरण गर्दै उहाँले पक्राउ पर्न नसक्नुको कारणबारे सरकारलाई प्रश्न गर्नुभएको हो । सिन्धुलीमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सांसद श्रेष्ठले हाल कांग्रेस एमालेकै सरकार हुँदा पनि जिवी राईलाई गिरफ्तार नगरिएको भन्दै आज पनि प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो ? भनेर प्रश्न गर्नुभएको छ ।

उहाँले अर्काे प्रसंगमा संकटग्रस्त सहकारीका सञ्चालकहरुको सम्पत्ति खोजबिन गरि सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने बताउनुभएको छ । सांसद श्रेष्ठले सहकारीहरुको भौतिक सम्पत्ति समेत छानबिन गरि बचतकर्ताहरुको रकम फिर्ता गर्न माग गर्नुभयो । सहकारी देशको अर्थतन्त्रको एक खम्बा भएपनि ठुला ब्यापारी र नेताहरुका कारण सो खम्बा धराशायी बनेको उहाँको आरोप छ ।